तपाईँ सुन्दै हुनुहुन्छः

काजकिस्तानमा एक सय जना सवार विमान दुर्घटनामा

काठमाडौं । .काजकिस्तानको अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गरेको एउटा विमान आज शुक्रबार स्थानीय समयअनुसार विहान ७ बजेर २२ मिनेटमा दुर्घटनामा परेको छ । बेक एयरलाइन्सको सो विमान अलमाटी शहर नजिकै दुर्घटनामा परेको हो ।

विमानमा एक सय जना सवार रहेको बताइएको छ ।दुर्घटनामा सात जनाको मृत्यु भएको जनाइएको छ । केही यात्री बाँचेका आशंका छविमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button