तपाईँ सुन्दै हुनुहुन्छः

लिबियाको सरकारलाई टर्कीको समर्थन

काठमाडौं, ऐजेन्सी । लिबियाको अन्तराष्ट्रिय मान्यता प्राप्त सरकारलाई सघाउन टर्कीले सेना पठाउने भएको छ ।

टर्कीका राष्ट्रपति रसिप ताइप एरडोगानले अन्तराष्ट्रिय मान्यता प्राप्त लिबियाली सरकारको अनुरोधमा उक्त घोषणा गरिएको बताउनु भएको छ ।

राष्ट्रपति एरडोगानले सेना पठाउने सम्बन्धमा आगामी जनवरी ७ मा टर्कीको ससंदमा विधेक पेश गरिने बताउनु भएको छ ।

लिबियामा हाल दुई सरकार रहेका छन् । टर्की र कतार जस्ता देशहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन दिएका छन् भने रुस, साउदि अरिबिया , र फ्रान्स लगायतका देशहरुले पूर्व जरनेल हफतारको विद्रोही सरकारलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button