तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर टाइटन्स पीपीएलको फाइनलमा प्रवेश

विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

फाइनल शनिवार हुने छ । लिग चरणका पाँचै खेलमा जित सहित पारस खड्का कप्तान रहेको चितवन राइनोज अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button