तपाईँ सुन्दै हुनुहुन्छः

गायिका आशा भोस्ले रेडियो नेपालमा

Image may contain: 6 people, people smiling, beard and outdoor

काठमाडौँ । भारतकी प्रसिद्ध गायिका आशा भोस्लेले आज रेडियो नेपालको संगीत स्टूडियोमा केही गीतको रिहर्सल गर्नुभएको छ ।

शनिबार काठमाडौँमा  हुने एक कन्सर्टमा सहभागी हुन गायिका भोस्ले बुधबार नेपाल आउनुभएको हो ।

Image may contain: one or more people and people sitting

गायिका आशा भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका दर्जनौ नेपाली गीत गाउनुभएको छ ।

Image may contain: 4 people, people smiling, people sitting

रेडियो नेपालमा उहाँलाई कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशक अशोक बास्कोटासहित रेडियो नेपालका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button