तपाईँ सुन्दै हुनुहुन्छः

चार करोड ७५ लाखमा निमार्ण भएको नगरपालिका भवन प्रयोग विहिन

सल्यान । जिल्लाको बागचौर नगरपालिकाको नवनिर्मित भवन प्रयोग विहिन भएको छ । प्रयोगमा नआउदै भवन भासिएपछि करोडौंको लगानीमा निर्मित प्रयोग विहिन भएको हो ।

भवननिर्माण गर्दा प्राविधिकको कमजोरी र ठेकेदारको लापरवाहीका कारण भवन भासिएपछि नयाँ भवनमा सर्न नसकेको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आफु निर्वाचित हुनुभन्दा पहिले डिपिआर भईसकेको र प्राविधिक र ठेकेदारको कमजोरीका कारण भवन भासिएको हो । चार करोड ७५ लाखमा निमार्ण भएको भवन अहिले प्रयोग विहिन बनेको छ ।

गएको असारसम्म कार्यालय सार्ने योजना बनाएपछि निर्माणधिन भवनमा पानीको मुहान जमेर नगरपालिकाको भित्रकोठामा समेत पानी जान सक्ने सम्भावना भएपछि भाडाकै भवनमा बस्न बाध्य भएको बुढाथोकीको भनाई छ ।

नगरपालिकाको भवनमा कार्यालय प्रयोग विहिन हुँदा जग्गादान गरेका स्थानीय रुष्ट बनेका छन । भवन निर्माणको करिब पाँच रोपनीभन्दा बढी जग्गादान गरेका स्थानीयले नव निर्मित भवनमा सर्नुपर्ने बताएका छन् । भासिएको भवनको बिस्तृत अध्ययन गरी नगरपालिकाको कार्यालय सार्नुपर्ने स्थानीय जग्गादाता ज्ञानेश्वर केसीले बताउनुभयो । सरोकावालाहरु जनप्रतिनिधिले समेत भवन भासिनुको कारण छानबिन गरेरे नगरपालिकाको कार्यालय सारिनु पर्ने उनको भनाई छ ।

भवन बन्नु तर नगरले बास्ता र छानबिन नगर्नु गलत कार्य भएकाले जनताले निःशुल्क प्रदान गरेको जग्गा र जनताको करबाटै आएको पैसालाई सदुपयोग गरिनु पर्ने जग्गादाता रेशम भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button