तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सेवामा जनताको सहज पहुंच कायम गर्न लागि पर्ने : राज्यमन्त्री रावत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नीति र बिधिमा टेकेर काम गर्ने बताउनुभएको छ ।

कर्णालीका सञ्चारकर्मीसँग आज मन्त्रालयमा आयोजना गरिएको भेटघाट कार्यक्रममा राज्य मन्त्री रावतले मन्त्रालयको आन्तरिक सुदृढिकरण गर्दै स्वास्थ्य सेवामा जनताको सहज पहुंच कायम गर्न लागि पर्ने बताउनुभयो ।

राज्यमन्त्री रावतले कर्णाली प्रदेशमा रहेका अस्पतालहरुमा आवश्यक औषधी र विशेषज्ञ डाक्टरको दरबन्दी मिलानका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button