तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोड नगरपालिकाबाट तीन सय ६५ विद्यार्थीलाई न्यानो कपडा वितरण

झापा । जाडो मौसम शुरु भएसँगै झापा बिर्तामोड नगरपालिकाबाट एक हजार बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्ने लक्ष्य राखिएको न्यानो कपडा बितरण कार्यक्रम अन्तर्गत आज सम्ममा विपन्न परिवारका तीन सय ६५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण गरिएको कार्यक्रमका सचिव अविरल कृष्ण खरेलले बताउनुभयो ।

खरेलका अनुसार सोमबारबाट वितरण शुरु गरिएको र आज बिर्तामोड ७ मा रहेको जनता प्राथमिक र लक्ष्मी आधारभुत बिद्यालयमा दुई सय ४० जना बिद्यार्थीलाई स्विटर टोपी र कपि बितरण गरिएको छ ।

कार्यक्रममा एक हजार विद्यार्थीलाई न्यानो कपडा बतरण गर्ने लक्ष्य राखिएको समितिका कोषाध्यक्ष तथा वडा नम्बर २ का सदस्य किशोर पौडेलले जानकारी दिनुभयो ।

स्थानिय तथा व्यावसायीहरुको आर्थिक सहयोग जुट्न थालेपछि बिर्तामोड नगरपालिकाले एक लाख नगद उपलब्ध गराएपछि सोमबारबाट बितरण कार्य थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button