नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ
काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।बुधबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७२ हजार ८ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्