तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यू, पाँच घाईते

लमजुङ । लमजुङको सुन्दरबजारमा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।

मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–३ का २५ बर्षिय संगम चेपाङ रहेको प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले बताउनुभयो ।

सुन्दरवजार नगरपालिका–६ नमुना टोलस्थित स्थानिय बामदेव गौलीको घरको रिटेनिङ वालको काम गर्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा ६ जना पुरिएका मध्ये एक जनाको मृत्यु भएको हो ।

घाईतेमध्ये एक जनाको चितवन मेडिकल कलेजमा र अन्य ४ जनाको सुन्दरबजार स्थित कर्मदा हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button