तपाईँ सुन्दै हुनुहुन्छः

‘एक घर, एक रोजगार’ लागू भएपछि स्थानीय खुशी

डोल्पा । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् ।

जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक रोजगार’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् ।

पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

स्थानीयवासीले आफूले रोजेको व्यवसाय गर्नका लागि स्थानीय सरकारले व्यवसाय गर्ने व्यक्तिको बैंक खातामा आधार रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताउनुभयो ।

यो कार्यक्रमअन्तर्गत आठ सय पाँच घरधुरीलाई ‘एक घर एक रोजगारी’ उपलब्ध गराएको उहाँले बताउनुभयो । व्यापार, सीपमूलक कार्यक्रम, पशुपालन र ढुवानी सेवा जस्ता व्यवसाय स्थानीयवासीले सञ्चालन गरेको उहाँको भनाइ छ ।

सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजन गरी काम शुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button