तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर टाइटन्स पीपीएल को प्लेअफमा

पोखरा । विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को प्लेअफमा पुगेको छ ।

बुधबार बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य मात्र ११.४ ओभरमा पूरा गर्दै विराटनगरले प्लेअफमा स्थान पक्का गरेको हो । विराटनगरले काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो ।

जितका लागि १ सय ३४ रनको विजयी लक्ष्य विराटनगरले मात्र ११.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । प्ले अफमा पुग्न विराटनगरले १२.२ ओभरमा लक्ष्य पुरा गर्नु पर्ने समिकरण बनेको थियो ।

फाइनल प्रवेशको लागि विराटनगर र बुटवलबीच विहीबार क्वालिफायर खेल हुने छ । फाइनल पुष १२ मा हुने छ । चितवन अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button