प्रधानसेनापति महिला अन्तराष्ट्रिय फुटबलको उपाधि एपीएफलाई
प्रधानसेनापति महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि फेरि पनि एपीएफ क्लवले जितेको छ । आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफ पाँचौं पटक च्याम्पियन बनेको हो ।
भद्रकाली स्थित आर्मीको मुख्यालयको मैदानमा भएको खेलमा एपीएफको जितमा सरु लिम्बु र रेखा पौडेलले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा सरुको गोलमा एपीएफले अग्रता बनायो । जुन अग्रता उसले पहिलो हाफसम्म कायम राख्यो ।
खेलको ८९ औं मिनेटमा एपीएफले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक उसका लागि रेखा पौडेलले गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाएको छ ।
एपिएफकी सावित्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट फरवार्ड घोषित भइन भने अन्जली तुम्बाफो सुम्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।
आर्मीकी पुजा राना उत्कृष्ट डिफेन्डर र भुटानको राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्ड बनिन । उत्कृष्ट सबैले समान १०–१० हजार रुपैयाँ प्राप्त गरे ।
आर्मीकी विमला विके उदयीमान खेलाडी चुनिइन् । उनलाई सैनिक श्रीमती संघले २५ हजार ५ रुपैयाँबाट पुरस्कृत गर्यो ।
मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्