तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिता

फाइल तस्बिर

काठमाडौँ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समाजवादी पार्टीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्तालिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनको समयमा भएको सहमति अनुसार संविधान संशोधन गर्न सरकार तयार नभएपछि सरकारबाट बाहिरिएको जानकारी दिनुभयो ।

अध्यक्ष यादवले आगामी दिनमा संविधान संशोधनका लागि अन्य राजनैतिक दलहरूर्सग समेत छलफल गरी साझा धारणाको विकास गर्ने र सदन र सडकबाट निरनतर दवाव दिने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button