तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा आजबाट भुवा पर्व सुरु

फाइल तस्बिर
बाजुरा ।   बाजुरामा आजबाट भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पुस औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा लगायत सुदूरपश्चिका विभिन्न जिल्लाहरुमा खेलिने दशैँ पछिको दोस्रो ठुलो पर्वका रुपमा मनाइन्छ ।
त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ ।
दमाहबाजाका साथ खिलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम,डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button