तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पुर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको समिक्षा

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४ वटा जिल्लामा समितिद्वारा भर्खरै सम्पन्न भौतिक पुर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको समिक्षा भएको छ ।

बैठकमा स्थानीय तहमा कर्मचारी अभावका कारण विकास निर्माणको कार्यमा बाधा पुगेको विषयमा छलफल भएको सांसद भैरवसुन्दर श्रेष्ठले रेडियो नेपाललाई बताउनुभयो ।

अन्य प्रदेशमा पनि सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्न अर्को बैठकमा निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button