तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल पसल त्यागेर च्याउको बिउ उत्पादनमा रमाउँदै बस्याल

सल्यान । जिल्लाका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भइरहेका बेला शारदा नगरपालिका–१३ सांघारमूलमा च्याउको बीउ उत्पादन सुरु भएको छ ।

सांघारमुलका लालबहादुर बस्यालले मोवाइल पसल छोडेर च्याउको बीउ उत्पादन गर्न थालेका हुन ।

सल्यानसहित रोल्पा र रुकुमका किसानलाई लक्षित गरी बीउ उत्पादन गरिरहेको उनले बताए । उद्योगले पहिलो चरणमा कन्ने च्याउको बीउ उत्पादन गरिरहेको छ ।

एक महिनामा दुई सय ५० ग्रामका २५ हजार च्याउको बीउका प्याकेट उत्पादन भएको उनको भनाई छ ।
दैनिक आठ सय प्याकेट बीउ उत्पादन गर्ने मेसिनको क्षामता रहेता पनि च्याउको बीउ स्टोर गरेर राख्ने मेसिन नभएकाले किसानको मागअनुसार नै बीउ उत्पादन भइरहेको बस्यालले बताए ।

अनुदानभन्दा किसानहरुले उत्पादन गरेको बस्तुको सहज बजारीकरण गरी दिन उनले सरकारलाई आग्रह गरे

प्रतिक्रिया राख्नुहोस्

Back to top button