तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ए डिभिजन लिग : आज मछिन्द्र -फ्रेन्ड्स, च्यासल-न्युरोड भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज (बुधबार) दुई खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै मछिन्द्र ३ अंक जोड्ने दाउमा छ । भने फ्रेन्ड्स पनि १ अंक भए पनि जोड्ने दाउमा रहने छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । पहिलो खेलमा संकटालाई २–० ले हराएको उसले दोस्रो खेलमा मछिन्द्रसंग अन्तिम समयमा अंक बाँडेको थियो ।

यता, पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको न्युरोड टिमले दोस्रो खेलमा संकटासंग १–० को हार ब्यहोरेको थियो ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button