तपाईँ सुन्दै हुनुहुन्छः

आज जुम्लापछि सबैभन्दा बढि चिसो काठमाडौंमा

काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसम विज्ञान विभागले जनाएको छ । सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ रहेको विभागले बताएको छ ।

बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेन्टिग्रेड थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको विभागले बतायो ।

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने मौसमविद्हरु बताउँछन् । माशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३.५ छ । त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड मापन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button