तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवसको ढिलासुस्ती : खुल्ला आकाशमुनी मुसहर

महोत्तरी । महोत्तरीमा जनता आवास कार्यक्रम अलपत्र हुँदा सयौं परिवार समस्यामा परेका छन् । महोत्तरीको भंगाह नगरपालिकामा मुसहर बस्तीमा जनता आवास कार्यक्रम अलपत्र हुँदा शितलहरमा करीव ५० घरधुरी परिवार शितलहर र चिसोमा रात काट्न बाध्य छन् । शितलहर र चिसोमा खुल्ला आकाश मुनी रात काट्न बाध्य यस समुदायलाई स्वास्थ्यमा समेत बिभिन्न समस्या देखापरेको छ ।

नगरपालिका वडा नम्बर ३ र ४ मा जनता आवास कार्यक्रमले घर भत्काए पनि नयाँ घर निमार्णमा ढिलाई भएको कारण मुसहर समुदाय समस्या परेका हुन् ।

योजना अलपत्र हुँदा बढ्दो शितलहर र जाडोमा स्थारनय अहिले त्रिपाल मुनि बस्न बाध्य भएको स्थानीय ६० बर्षीय मुनेसरी देवी सदाले बताउनुभयो ।

आफूहरु ३ बर्षदेखि खुल्ला आकाश मुनि रात काट्न बाध्य भएको उहाँले बताउनुभयो । शितलहरमा घर नहुँदा आफूहरु परालको ओछ्यान लगाएर सुत्न बाध्य भएको उहाँले बताउनुभयो ।

तीन बर्षदेखि शितलहरमा परालको ओछ्यान र त्रिपाल साहारमा रात काटेको बताउनुभयो । शीतलहरमा लगलग काँप्दै गरेका ६० वर्षीय मुनेसरी देवी सदाले मुसहरले भने, जाडो बढ्यो न घर छ न लगाउने कपडा, आगो तापेर रात कटाउने गरेको बताउनुभयो । घर निमार्ण नहुँदा बर्षायाममा पानी पर्दा जाडोकै कारण आफ्नो श्रीमान ६५ बर्षीय जुलमा सदा मुसहरको मृत्यु भएको मुनेसरी देवी सदाले रुदै भनिन् । जाडोको कारण आफ्नो नातीनतीनाहरु सहित ९ जनाको परिवारको बिच्चली भएको उहाँले बताउनुभयो ।

भंगाहा नगरपालिका ४ बस्ने सरस्वती सदाले घर निमार्ण नहुँदा खुल्ला आकाश मुनी आफूहरु रात काट्न बाध्य रहेको बताउनुभयो । ३ बर्षमा घरको पर्खाल मात्रै उठेको छ , घरको छानो छैन शितलहर र बर्षायाममा निकै कष्टपूर्ण तरिकाले रात काट्न बाध्य भएका बताउनुभयो । सानो केटाकेटीहरुलाई शितलहरबाट जोगाउन त्रिपालको छानो हालेपनी च्यातिएको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभागका जनकपुरले गत बर्ष नै जनता आवासको काम सकिने बताउँदै आएको थियो । महोत्तरीमा ५ सय ३१ घर जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण हुने योजना भएपनी ३ बर्ष बितिसक्दा समेत काम सम्पन्न हुन सकेको छैन । महोत्तरी भंगाहा नगरपालिका वडा नम्बर ३ र ४ मा रहेको मुसहर बस्तीमा जनता आवास अन्तर्गतको घरहरु त्यसै अलपत्र रहेका छन् । घरहरु करिब ३ वर्ष देखी अलपत्र अवस्थामा रहेको भंगाह नगरपालिकाले जनाएको छ ।

करिब तीन वर्ष यस क्षेत्रमा घर निमार्णको कार्य थालिएको भएपनी अहिलेसम्म घर बन्न सकेको छैन । सरकारको जनता आवास कार्यक्रमले यस बस्तीमा मुसहरहरुको घर पाउने सपना देखाएर अलपत्र बनाएको र शितलहर, बर्षायाममा कष्ट पूर्ण तरीकाले दिन गुजारेको छोटु सदाले बताउनुभयो । हावाहुरी बतास, बर्षायाम र शितलहरमा कसरी रात गुजार्यौ, त्यसको कुनै हिसाव नरहेको छोटु सदाले बताउनुभयो । सरकारले सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरमार्फत महोत्तरी लगायत तराईका अन्य जिल्लामा जनता आवास योजना सञ्चालनमा ल्याएको थियो ।

स्तापाताले छाएको दुई कोठे एउटा पक्की घर निर्माणका लागि २ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । चार किस्तामा रकम भुक्तानी गर्ने योजना थियो । महोत्तरीको सबै स्थानीय तहमा जनता आवास कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button