तपाईँ सुन्दै हुनुहुन्छः

दुई पत्रकार र नागरिक अगुवा सम्मानित

तस्विरः पत्रकारहरु दीपशङ्कर र श्रृजन , नागरिक अगुवा कृष्ण वस्नेत

दोलखा/उज्यालो भविष्य संस्था दोलखाले आफ्नो दोस्रो बार्षिक साधारण सभाको अवसरमा दुई पत्रकार र नागरिक अगुवा सहित छ जनालाई सम्मान गरेको छ ।

विशेषगरी बालबालिका, महिला र युवाको क्षेत्रमा काम गर्दै आएको उज्यालो भविष्य संस्थाले दोस्रो बार्षिक साधारणसभाको अवसरमा नागरिक अगुवा कृष्ण वस्नेत, राजधानि दैनिकका दोलखा संवाददाता दीपशङ्कर चौलागाई, दोलखाबाट प्रकाशीत दीक्षण दैनिकको सम्पादक श्रृजन घिमिरे, सामुदायीक असपताल चरिकोटका सञ्चालक अमृत बुढाथोकी, महिला सहकारी अभियन्ता सर्मिला सापकोटा र डान्स क्रियु संस्थालाई सम्मान गरेको छ ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले महिला, बालबालिका तथा युवाको अधिकार संरक्षण एवं सामाजिक उत्तरदायित्व बहन गर्न सामाजिक संघ संस्था, पत्रकार, नागरिक अभियन्ता लगायत सबैले स्थानिय सरकारसंग मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उज्यालो भविष्य दोलखाका अध्यक्ष राजन वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेल, नेपाल पत्रकार महासंघको पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नागरिक अभियन्ता कृष्ण वस्नेत, प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, गैर सरकारी संस्था महासंघ दोलखाका कोषाध्यक्ष गोकर्ण भण्डारी, आवाज नेपालको अध्यक्ष सिर्जना कार्की, उज्यालो भविष्य दोलखाका बरिष्ठ उपाध्यक्ष भरत वस्नेत र महासचिव निर्जला शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारण सभाले पुनः राजन वस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button