तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा अध्यक्षको शुभकामना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको राष्ट्रिय एकता, स्वधिनता तथा अखण्डतालाई मजबुद बनाउँदै विभिन्न जातजाति, धर्म, समुदायबीचको सुसम्बन्धलाई प्रगाढ तुल्याउन सबैलाई अनुरोध गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न अनुरोध गर्नुभएको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक भएको भन्दै अध्यक्ष तिमिल्सिनाले सन्देशमा भन्नुभएको छ– हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्रै सीमित नभई राष्ट्रिय एकता, पारस्परिक सद्भाव, मौलिक संस्कृतिको निर्माणका लागि पनि महत्वपूर्ण रहँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button