तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमले ४५ प्रतिशतका दरले नगद लाभांश बाँड्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ४५ प्रतिशतका दरले नगद लाभांश बाँड्ने भएको छ । कम्पनीको लाभांश गत वर्षको भन्दा घटेको हो ।

गत वर्ष कम्पनीले ५५ प्रतिशत नगद लाभांश दिएको थियो । टेलिकमको आम्दानी घट्दै जान थालेपछि लाभांश दर पनि कम भएको हो । लाभांश वितरणका लागि कम्पनीले पुस २९ गते १२ औं वार्षिक साधारणसभा डाकेको छ ।

गत वर्ष कम्पनीले १० अर्ब २० करोड रूपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । ८६ अर्ब रुपैयाँ जगेडा कोषमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button