तपाईँ सुन्दै हुनुहुन्छः

सरकारबाट बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा (राजिनामा पत्रसहित)

Image result for अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । पुष ७ गते बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याएर संविधान संशोधनको ठाडो प्रस्ताव पेश गर्न खोजेपछि वर्खास्तीमा पर्ने डरले उपप्रधानमन्त्री एवं कानूनमन्त्री उपेन्द्र यादबले त्यसैलाई बहाना बनाएर मंगलबार पदबाट राजीनामा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले केही अगाडि गर्नुभएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयमा पुर्याईएपछि नै मन्त्री यादबले राजीनामा गर्ने अडकलबाजी गरिएको थियो ।

त्यसबेला प्रधानमन्त्री ओलीले सत्तापक्ष समाजबादी पार्टीसँग कुनै परामर्श नै नगरी मन्त्री यादबको मन्त्रालय हेरफेर गर्नुका साथै सो पार्टीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादबलाई राज्यमन्त्रीबाट हटाईएकोले समाजबादी पार्टीले असन्तुष्टि पोखेको थियो । तर मन्त्री यादबले जब कानून मन्त्रालयको पदभार सम्हाल्नुभयो त्यसबेला प्रधानमन्त्रीले आफुलाई फरकफरक मन्त्रालयको अनुभव होस् भनी कानूनमा ल्याएको प्रतिक्रिया दिदै सरकार नछाड्ने बताउनुभएको थियो ।

नेकपा र राष्ट्रिय जनता पार्टीबीच राष्ट्रियसभाको रिक्त हुने प्रदेश नम्बर २ अन्तर्गत चार वटा सिटमा आधा आधा भागबण्डा गरी निर्वाचनमा जाने सहमति भएपछि यादबलाई सरकार छाड्न पार्टीभित्रैबाट दबाब परेको थियो । यसैबीच पुष ७ गते संबिधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लगेर राजनीतिक बहानाबाजी बनाएर उहाँले मंगलबार पदबाट राजीनामा गरेको विश्लेषकहरु बताउँछन् ।

समाजवादीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन खोजेको संविधान संशोधनसम्बन्धी ड्राफ्ट सार्वजनिक गर्नुभयको छ  ।

हेर्नुहोस् प्रस्ताव

प्रतिक्रिया राख्नुहोस्

Back to top button