तपाईँ सुन्दै हुनुहुन्छः

बोइङका सिइओ डेनिस मुलेनबर्ग बर्खास्त गर्दै नयाँ सिइओमा डेभिड क्यालह्युन नियुक्त

एजेन्सी। अमेरिकी विमान निर्माता कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सिइओ) डेनिस मुलेनबर्गलाई बर्खास्त गरेको छ ।

कम्पनीले ७३७ म्याक्स मोडलका दुई जहाज दु र्घ टनापछि गुमेको विश्वासलाई पुनर्स्थापना गर्न सोमबार उनलाई बर्खास्त गर्दै डेभिड क्यालह्युनलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरेको छ ।

गत वर्ष बोइङ ७३७ म्याक्स मोडलका दुई जहाज दु र्घट नामा परेका थिए । इन्डोनेसिया र इथियोपियामा भएका दुर्घटनामा ३४६ जनाले ज्या न गु माएका थिए जसकारण उक्त मोडलको जहाज उडानमा रोक लगाइएको छ ।

साथै आउँदो जनवरीबाट उक्त जहाजको उत्पादन अस्थायी रूपमा बन्द गरिने कम्पनीले जनाएको छ । यस दु र्घट नामा ज्या न गु मा उने मृ तकका परिवारहरूले उक्त निर्णयलाई स्वागत समेत गरेका छन् । तर नयाँ प्रमुखप्रति पनि विश्वास गर्न भने चाहेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button