तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा पल्टन पी पी एल बाट बाहिरियो

पोखरा । साविक विजेता पोखरा पल्टन दोस्रो सस्करणको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

यो सिजन निकै खराब प्रदर्शन गरेको पोखरा लिग चरणबाट नै बाहिरियो । लिगको अन्तिम खेलमा धनगढीसँग ५ विकेटले पराजित भएपछि पोखराको यात्रा लिग चरणमा नै सकियो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टिमले १६ ओभर २ बलमा रनमा अलआउट भयो । निकै खराव ब्याटिङ गरेको पोखराका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ७९ रनमा अलआउट भयो ।

जवाफमा धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । यो जितले पनि धनगढीको प्लेअफमा पुग्ने सम्भावना निकै कम रहेको छ । अब धनगढीलाइ प्लेअफमा पुग्न काठमाडौं वा विराटनगरले भारी अन्तरले हार्नुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button