तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारबाट कृषिलाई महत्व  

हेटौँडा  ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताउनुभएको छ ।

प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको उल्लेख गर्नुभयो ।

उहाँले देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित थोक बजार स्थापना गर्न लागिएको जानकारी दिनुभयो । प्रदेशको अर्थतन्त्रलाई बढाउने र हजारौंलाई रोजगार दिलाउने लक्ष्यसहित बजार निर्माण गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि बजार निर्माणपछि कृषि उपजको बजारीकरणका कारण किसानमा उत्साह छाउने बजार निर्माण सम्पन्न भएपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो ।

करीब रु ४३ करोड लगानीमा निर्माण गरिने थोक बजारमा हेटौँडा उपमहानगरपालिकाले ३० प्रतिशतसम्म लगानी गर्ने भएको छ । हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले देशकै आधुनिक कृषि बजार हेटौँडामा स्थापना गरिनु उदाहरणीय कार्य भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button