तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद परिषदमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने : मन्त्री बिश्वकर्मा   

काठमाडौँ । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले राष्ट्रिय खेलकुद परिषदमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने बताउनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुदको बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ माथि आज भएको छलफलमा मन्त्री विश्वकर्माले संविधानको मर्म र भावनालाई मध्ये नजर गर्दै  समावेशी सिद्धान्तका आधारमा परिषदमा सबैको प्रतिनिधित्व कायमहुने स्पस्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रमा गरेको लगानीले तत्काल प्रतिफल दिने भन्नुहुंदै परम्परागत, साहसिक र पर्यटकीय खेलक्षेत्रको विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोडदिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button