२०७९ साल साउन २५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बगर खेतीले सञ्चयमा लाग्दै मुसहर

गोपालप्रसाद बराल २०७६ पुष ७ गते १२:२९

महोत्तरी। तराईमा ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने मुसहर समुदाय पनि अब आर्जन र धन सञ्चयका काममा सक्रिय हुन थालेका छन् । कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेशा धान्दै आएका महोत्तरीका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् ।

जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीका ६२ घरपरिवारका मुसहर बगर खेतीबाट अतिरिक्त आम्दानीमा जुटेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर जग्गा अहिले ६२ घरपरिवारका मुसहरको मिहेनतले हराभरा हुँदैछ । “हजुर, मैले एक वर्षमा १२ हजारको तरकारी बेचेँ”, बगरमा तरकारी खेती स्याहार्दै आमा दौना सादा मुसहरसँगै भेटिनुभएकी हेमन्ती सादा मुसहरले भन्नुभयो, “घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ ।” हेमन्तीलाई नदीउकास बगरमा एक कट्ठा जग्गा नगरपालिकाले उपलब्ध गराएको छ । दुई वर्षअघि शुरु गरिएको बगर खेती कार्यक्रमले मुसहर हरियो सागसब्जी खान थालेपछि शारीरिक रुपमा पनि हृष्टपुष्ट देखिएका छन् ।

हेमन्तीजस्तै बस्तीका बुद्धु, चहेन्द्र, बिल्टु, सौखिया, फुलो र नथुनियाँ सादा पनि सञ्चारकर्मीको टोली बगर खेती हेर्न पुग्दा तरकारी गोडमेलमा व्यस्त भेटिनुभएको थियो । “हुजुर, यो खेतीले हाम्रो बानी पनि सुधारे’छ”, बगरमा उब्जाइएको फर्सी टिप्दै भेटिनुभएका बिल्टु सादा मुसहरले भन्नुभयो, “पहिले मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त त्यस्तो हुन छाडेको छ ।” खेतीले आर्जन सञ्चय गर्ने बानी आफ्नो समुदायमा बसेको बिल्टुको भनाइ छ ।

बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ । बगर खेती शुरु गरेयता दुई÷चार हजारको गर्जो टार्न कुनै मालिक (मुसहरले आपूmले मजदुरी गर्ने अन्य समुदायका लाई मालिक भन्छन्) गुहार्नु नपरेको बुद्धु बताउनुहुन्छ । आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरणहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ ।

नदीउकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याका आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास (महोत्तरी) को सहकार्यमा थालिएको बगर खेतीले दुई वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बगर खेती कार्यक्रमका मुख्य समन्वयकर्ता गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयो ।

हरियो सागसब्जी र तरकारी खेती निकै फस्टाएपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ । अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन् । “बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ”, मनकामना महिला समूह ‘ख’की अध्यक्ष पसुलिया सादाले खुशी हुँदै भन्नुभयो, “अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई÷चार पैसा सबैसँग छ ।”

बगर खेतीमा मुसहरलाइ अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले चारवटा समूह गठन गरेको छ । जसमा बस्तीका सबै घरपरिवारका महिला सङ्गठित गरिएका छन् । समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरु विद्यालय गए÷नगएका बारे समीक्षा र समूह बचतबारे बढीजसो छलफल गरिने गरिएको लालीगुराँस ‘क’ समूहकी अध्यक्ष पानवती सादा बताउनुहुन्छ । बस्तीमा लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका चारवटा समूहमा बस्तीका सबै घरका महिला सङ्गठित छन् ।

कृषि मजदुरी मुख्य पेशा भएका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर दुईतिर भार बनाएर काँधमा बोकिने काम) काममा अब्बल मानिन्छन् । माटोसँग खेल्नु दैनिकी नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन् ।

यद्यपी पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन् । बगर खेती शुरु गरिएयता रकम सञ्चय गर्नसँगै मुसहर समुदायमा नानीहरु विद्यालय पठाउने, बिरामी हुँदा अस्पताल जाने, हरियो सागसब्जी खाने र आफ्ना आवश्यकताका कुरामा सम्बन्धित निकायमा पैरवी गर्ने बानी बढेको बेलगाछीका अन्य समुदायका बासिन्दा बताउँछन् । मुसहर बगर खेतीमा लागेपछि बस्तीमा हुने गरेका अन्य सामाजिक गतिविधिमा सरिक हुन थालेका गौशाला–८ का बासिन्दा त्यहाँका सामाजिक, राजनीतिक कार्यकर्ता काशी महतो बताउनुहुन्छ ।

नगरपालिकाले आव २०७५÷७६ मा पाँचलाख खर्चेर नदीउकास बगरलाई सम्याउने, गह्रा बनाउने र परिवारपिच्छे जग्गा बाँडिदिएपछि मुसहर बगर खेतीमा लागेका हुन् । अहिले नदीउकास बगरमा भण्टा, परवल, लौका, फर्सी र अन्य तरकारीका बेला र बिरुवा मुसहरको श्रमले लहहाएका छन् । ढुङ्ग्यान र बलौटे ठाउँ हराभरा भएको छ । मुसहरहरुले शुरु गरेका बगर खेतीलाई सघाउन यसपालि चालु आव २०७६÷७७ मा १० लाख विनियोजन गरिएको गौशालाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

यसैबीच बगर खेतीमा लागेका मुसहरले दुई वर्षदेखि आपूmहरुले नङ्ग्रा खियाएको जग्गा सोनी खोलाले बर्खामा कटान गर्ने र बालु थुपार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आपूmहरुले खेती शुरु गरेको जग्गाको सुरक्षाका लागि सोनी खोलामा तटबन्ध गरिनुपर्ने मुसहरको माग छ ।

सम्बन्धित