पाटन दरवारमा कलात्मक चन्द्रमाको अवतरण (फोटोफिचर)
काठमाडौ। काठमाडौंको मौसम एक त चिसो त्यसमाथि आइतावर वर्षकै सबैभन्दा छोटो दिन। त्यहि छोटो दिनको साँझ ललितपुरको पाटन दरवार स्क्वायरमा एकाएका मानिसहरु जम्मा भइरहेका थिए।
दरबार स्क्वायरको चार नारायणको मन्दिर अगाडि घुम्न आउने जोकोहीलाई पनि कलात्मक रुपमा मोहित गर्न थाल्यो र हेर्दा हेर्दै क्षणभरमै मानिसहरुको फोटो खिच्ने अनि खिचाउने र सेल्फी लिनेको भीड नै लाग्यो। खासमा उक्त इलुस्ट्रेशन आर्ट धरानका कलाकार मिलन राईले निकै कलात्मकरुपमा निमार्ण गर्नु भएको थियो ।
उहाले चन्द्रमालाई सबैले मनपराउने भएकाले नै प्रदर्शनीमा राखेर सबैको ध्यान केन्द्रित गर्न खोजेको जो कोहिले पनि सहजै अनुमान गदैै थिए । उहँले भन्नु भयो ‘संसारभरिका मानिस हामी एक हौ। हामीभित्र विश्वबन्धुत्वको नाता छ भन्ने उद्देश्यले नै मैले यो कलात्मक चन्द्रमाको इलुस्ट्रेशन तयार गरेको हो।’ यसलाई यसपछि पोखरा र त्यसपछि सातै प्रदेशमा प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्