तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने

काठमाडौँ । नेकपा केन्द्रीय कमिटीको बैठक पुष २३ गते बस्ने भएको छ । स्थायी कमिटीको सम्पन्न बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक पुस २३ गते राजधानीमा बोलाउने निर्णय गरेको हो ।

सो बैठकमा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनको प्रस्तावलाई पेस गरिने भएको छ । स्थायी कमिटीको सम्पन्न बैठकमा आएका सुझावसमेतलाई ध्यान दिई बिधान संशोधनको प्रस्तावलाई केन्द्रिय कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button