सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु दिवस मनाइने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ ।
पहिलोपटक राष्ट्रिय जलवायु सम्मेलन भएको गुफाडाँडामा जलवायु दिवसका अवसरमा विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिनधुपाल्चोकले जानकारी दिएको छ ।
गत साल जलवायु सम्मेलनका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सो क्रममा गुफाडाँडामा ७८ वटा झण्डा फहराइएको थियो भने यस बर्ष नयाँ झण्डा फहराइने जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले बताउनुभयो ।
सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमसहित हरेक स्थानीय तहमा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकलासमेत हुने तामाङले जानकारी दिनुभयो ।
जिल्लाका १२ स्थानीय तहका उतकृष्ट १२ जनालाई गुफाडाँडामा प्रस्तुती गर्न लगाईनेछ ।
प्रतिक्रिया राख्नुहोस्