तपाईँ सुन्दै हुनुहुन्छः

लैंगिक हिंसा न्यूनीकरणका लागि तीनै तहको सरकारको भूमिका महत्वपूर्ण

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा र भावी कार्ययोजनामाथि छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लैंगिक हिंसा न्यूनीकरणका लागि तीनै तहको सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

बैठकमा सांसदहरुले महिलामाथि हुने हिंसा न्यूनिकरण हुनुको साट्टा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै प्रभावकारी कार्ययोजना बनाउन सुझाब दिनुभयो ।

त्यसैगरी लैंगिक हिंसा, महिला बालबालिका, जेष्ठ नागरिकहरुको अवस्था, समस्या र कानुनको प्रभावकारी कार्यानवयनको अवस्थालगायतका विषयमा समितिले सातै प्रदेशको स्थलगत भ्रमण गर्ने निर्णय गरेको सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

बैठकले आगामी वर्षलाई लैंगिक हिंसाविरुद्धको वर्षका रुपमा मनाउने गरी पहल गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button