तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आगामी पौष १४ देखि प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

झापा । झापाको झापा गाउँपालिकामा आगामी पौष १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।

झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिकासहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले आज सुरुङ्गामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

शरणामतीस्थित जनता माविको खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख एक हजार एक सय ११ र ७१ हजार एक सय ११, २१ हजार एक सय ११ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्ज, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमश नगद पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि झापा गाउँपालिकाले चार लाख रुपैँया सहयोग गरेको र प्रतियोगितामा जम्मा सात लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button