तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षाको गुणस्तर बृद्धि गर्नुपर्ने : मन्त्री बोहरा

अछाम । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले समग्र शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, बिद्यार्थी र अबिभाबक एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ ।

बागेश्वरी आधारभुत विद्यालय बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैनको २ कोठे भवनको उद्घाटन गर्दै बोहराले शिक्षा बिना समाज अपुरो हुने भन्दै सबैले शिक्षामा एक जुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेशको समृद्ध बिकासका लागि सरकार लागि परेको भन्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य लगाएत बिकास निर्माणलाई पुरा गर्न लागि पर्ने बताउनुभयो । यस्तै उहाँले शिक्षाको गुणस्तर वृद्धिको लागि भौतिक पुर्बाधारको कमि हुन नदिने बताउदै यसका लागि स्थानीय ब्यक्तिहरुले सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।

मन्त्री बोहराले प्रदेश सरकारले सञ्चालन गरेका हरेक बिकासका गतिविधिहरु तिब्र रुपमा अघि बढेको दाबी गर्नुभयो । अछाम जिल्लामा पनि बिकासका कामले गति लिएको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ, सडक, लगायतका गतिविधी आगामी दिनमा निरन्तरता दिने बताउनुभयो ।

उहाँले गाउँठाउको बिकासका लागि स्थानीयहरु एकजुट भएर तिब्रताका साथ काम गर्न सक्नु पर्ने बताउनुभयो । आर्थिक बर्ष २०७५/०७६ को प्रदेश पुर्बाधार कार्यक्रमबाट बिनियोजित बजेटबाट बागेश्वरी आधारभुत बिधालय धाराशैनको २ कोठे भवन निर्माण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button