तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो खुल्ला मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि एञ्जिलालाई

अछाम । अछाममा जारी दोस्रो खुल्ला मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक पसल साँफेबगरले हात पारेको छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ७ को बडासैन खेल मैदानमा सम्पन्न फाईनल खेलमा डिप्लव रिडीकोट क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै एञ्जिालले नगद एक लाख ५५ हजारसहित, कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता रिडीकोटले नगद ७७ हजार छ सय सहित कप, मेडल, र प्रमाणपत्र हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको एञ्जिलाले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । जवाफमा लक्ष्य पछयाउन मैदानमा उत्रिएको रिडीकोट १५ ओभरमा ९ विकेट गुमाएर एक सय २ रनमा समेटिएको थियो ।

रिडीकोटका लागि नविन शाहले ३१ रन जोडेपनि जितका लागि प्रयाप्त भएन । एञ्जिलाका लागि अनुप छेडालले उत्कृष्ट बलिग गर्दै ५ विकेट हात पारेका थिए । एञ्जिला पुस्तक पसलको टिममा अधिकाँश धनगढी र महेन्द्रनगरका खेलाडीको बाहुल्यता रहेको थियो भने रिडीकोटमा सबै स्थानिय खेलाडी भए पनी फाईनल खेल निकै रोमाञ्चक भएको थियो ।

प्रतियोगितामा अनुशासन टिमको पुरस्कार बाफत बान्नीगढी जयगढ गाउपालिकाल ११ हजार, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरी म्यान अफ द सिरिज १० हजार पुरस्कार एञ्जिलाका खेलाडी प्रकाश सिँह, उत्कृष्ट ब्याट्सम्यानको पाँच हजार पुरस्कार एञ्जिलाका खेलाडी बिरेन्द्र चन्द र उत्कष्ट बलरको पाँच हजार पुरस्कार चौरपाटी गाउँपालिकाका सुनिल बिकले हात पारे ।

पौष १ गतेबाट साफेबगर नगरपालिकाको आयोजनामा सुरु भएको दोस्रो खुल्ला मेयरकप क्रिकेट प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button