तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली कारागारबाट भागेका कैदी डेढ दशकपछि पक्राउ

धनगढी । कैलालीको भजनीबाट प्रहरीले आज डेढ दशक अघि जिल्ला कारागारबाट भागेका एक जना कैदीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका कैदी भजनी नगरपालिका ५ का दिल बहादुर साउद रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले २१ बर्ष ६ महिना कैद सजाएको फैसला सुनाएका साउद २०६१ माघ २७ गते कैलाली कारागारबाट भागेको बताइएको छ ।

छिमेकी रतन साउदको हत्या अभियोग लागेका उनलाई प्रहरीले २०६० साल माघ १९ गते पक्राउ गरी कारागार पठाएको थियो ।

भारतमा बस्दै आएका साउदलाई घर आएको समयमा बिशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button