तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटि बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान आज पारित हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आज पारित हुने भएको छ ।

छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावसमेत आइतबार नै पारित गर्ने तयारी गरिएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार छलफल जारी रहेकाले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावसमेत छलफलका आधारमा पारित गरिनेछ । सोही प्रयोजनका लागि नेकपा स्थायी कमिटी बैठक पुनःआइतबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button