२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका अध्यक्षको अपहरण, खोजीकार्य तिव्र

भिम सिजापति २०७६ पुष ६ गते १०:१२

दैलेख ठाटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष धिरवहादुर शाहीलाई विप्लव समुहका कार्यकर्ताले अपहरण गरेको वुझिएको छ ।

ठाटिकाँध गाउँपालिका वडा नं. २ शेरीपाटामा रहेको आफ्नै घरमा वसिरहेको अवस्थामा शनिवार राती करीव १२ वजे १५÷१६ जनाको समुहमा रहेका अज्ञात टोलीले अध्यक्ष र उनको श्रीमती ईला मल्ल शाहीलाई अपहरण गरिएको आफन्तले जानकारी दिएका छन् ।

अध्यक्षसंगै भाई हस्त वहादुर शाहीलाई राती नै र श्रीमती ईला मल्ल शाहीलाई आज विहान छोडेको वुझिएको छ । भाई हस्तका अनुसार सो गाउँपालिकाको गुईच्याखर्क जंगलमा अध्यक्ष शाहीलाई राखिएको छ ।

दाइ भाउजुलाई खोज्न विहानै गुईच्याखर्क जंगल पुगेका हस्तले हतियार सहित रहेको विप्लव समुहले राजनैतिक मुद्दा भएकाले अपहरण गरिएको र २÷३ दिनभित्र छाड्ने आश्वासन दिदै भाउजु ईलालाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिनुभयो ।

सो समुहले विप्लव समुहको कार्यकर्ता रहेको भन्दै सोधपुछ गर्नु छ भनेर लिएर गएपछि आफन्त र गाउँलेहरुले रातीदेखि नै खोजी गर्दा सो जंगलमा भेटीएको उहाँले वताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र वनाउन आवश्यक तयारी भैसकेको जानकारी दिनुभयो । हतियार सहित रहेका विप्लव कार्यकर्तावाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न धेरै सर्तकता अपनाउनु पर्ने देखिएको उहाँको भनाई छ ।

सम्बन्धित