तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा टिपर दुर्घटना एक जनाको मृत्यु

बर्दिवास । महोत्तरीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भंगहा नगरपालिका ६ मा शनिवार बेलुका टिपर दुर्घटना हुँदा टिपरका सहचालक धादिंका चितवन भण्डारा घर भएका २८ बर्षिय राजेन्द्र चपागंको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बा ५ ख २०४९ नम्बरको टिपर विपरीत दिशाबाट आईरहेको सवारी साधनलाई साईड दिने क्रममा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

दुर्घटना लगतै टिपर चालक फरार रहेका छन् । मृतकको शव परिक्षणको लागि जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button