तपाईँ सुन्दै हुनुहुन्छः

करिब दुई सय हेक्टरमा सुन्तला खेती बिस्तार

पर्वत । पर्वतमा चालु वर्ष मात्रै करिब दुई सय हेक्टरमा सुन्तला खेती बिस्तार भएको छ ।

सुन्तला खेतीका लागि उपयुक्त भौगोलिक अवस्था, उचित मौसम र अनुकुल वातावरण भएका स्थानमा चालु वर्ष सुन्तला खेतीको क्षेत्रफल बिस्तार गरिएको हो ।

पर्वतका कुश्मा नगरपालिका बाहेकका सबै स्थानीय तहमा चालु वर्ष सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ ।

चालु वर्ष मात्रै पर्वतको देउपुर, बाजुङ, छाप, दुर्लुङ, बनौं, धाइरिङ, बाँसखर्क, माझफाँट, कुर्घा, लिमिठाना, ठानामौला, पाङराङ, बाच्छा, भोक्सिङ, होश्राङ्दी, उरामपोखरा, सरौं, भोर्लेमा ५४ हजार सुन्तलाको बिरुवा सुन्तलाका विरुवा रोपिएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।

यसअघि पर्वतमा करिव आठ सय हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती हँुदै आएको थियो ।

पर्वतमा यो वर्ष करिब ६ करोडको सुन्तला फलेको केन्द्रले जनाएको छ । सुन्तला खेतीमा सरकारी अनुदान, परामर्श, विजबृद्धि कार्यक्रम लगायतका सुविधा थपिँदै गएको र गाउँमा सडक पुगेपछि किसानहरु सुन्तला खेतीमा आकर्षित भएको कृषि प्राविधिक कृष्णप्रसाद तिबारीले बताउनुभयो ।

कृषि ज्ञानकेन्द्रले गतवर्षदेखि जलजला सहित म्याग्दी र बाग्लुङका ५२ वडा समेटेर सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button