तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयको सक्रियतामा ग्रामिण सडक बत्ती

स्याङ्जा । यहाँका स्थानीय आफ्नो गाँउ आँफै बनाउमा जुटेका छन् । गल्याङ नगरपालिका वडा नम्बर ५ बेतेनीका स्थानीयले ग्रामीण सडकमा विजुली बत्ती जडान गरेका हुन् ।

बेतेनीदेखि बाथलासम्मको ग्र्रामीण सडकमा ३० ठाउँमा बिजुली बत्ती जडान गरिएको हो । बेतेनीदेखि बाथलासम्मको ग्रामीण बाटोको छेउमा काठको खम्बा गाडेर ३० वटा बिजुली बत्ती जडान गरिएको बाथला बेतेनी रात्री ग्रामिण सडक बत्ती समितिका सदस्य लालप्रसाद बस्यालले बताउनुभयो ।

गल्याङको विकट मानिनो उक्त ग्रामिण सकडमा बिजुली बत्ती जडान पश्चात सामाजिक घटनाहरुमा समेत कमी आउँने अपेक्षा गरिएको छ ।

स्थानियबासीले ६० हजारको लागतमा विजुली बत्ति जडान गरेको बस्यालले बताउनुभयो । आवातजावतमा सहज होस् भनेर सडक बत्ती जडान गरिएको हो । बस्यालले भन्नुभयो, ‘यसमा स्थानीयबासी कै लगानी छ, कहि कतैँबाट कुनै सहयोग आएर गरेको होइन ।’ त्यहाँका १७ घरपरिवारले सकड बत्तीको मासिक रकम भुक्तानी गर्दे आएका छन् । अहिलेसम्म गाउँमा नाँचगान वा विभिन्न कार्यक्रमबाट संकलन भएको रकमबाट बिजुलीको मासिक बिल भुक्तानी गर्दैे आएको उहाँले सुनाउनुभयो ।

भिरपाखा, जङगलको बाटोमा रातिको समयमा पनि झिलिमिल भएपछि स्थानीयलाई राति अबेरसम्म काम गर्न समेत सजिलो भएको स्थानीयको भनाई छ ।

‘आफ्नो गाँउको विकासका लागि स्थानीयकै सक्रियता पहिलो प्राथामिकता हो’ । अध्यक्ष ईन्द्र प्रसाद भट्टराई बसन्तले भन्नुभयो । मादक पदार्थ सेवन गरेर हुने झै–झगडा तथा बिभिन्न आपराधिक क्रियाकलाप कमी गर्न ग्रामिण सकड बत्तीले सकरात्मक प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button