तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई जना पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फलेवास नगरपालिका–२ थापाठानाका २१ बर्षिय दिपक भण्डारी र नवलपरासी स्थित दुम्कीवास नगरपालिका–३ घर भई हाल कुश्मा बजारमा बस्दै आएका २१ बर्षिय संजय सुनार रहेका छन् ।

कुश्मा नगरपालिका–४ स्थित सार्वजानिक स्थानमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा खानतालसी गर्दा लागुऔषध कारोबारी रहेको पत्ता लगाएको थियो ।

शंका लागेर उनीहरुको शरिर खानतलासी गर्दा निजहरुको साथबाट लागु औषध (चरेस) फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुलाई लागुऔषध सम्बन्धी अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button