तपाईँ सुन्दै हुनुहुन्छः

पाँच करोडको खानेपानी योजना शुरु

घोराही। प्रदेश नं ५ को आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी करीब रु पाँच करोडको लागतमा खानेपानी योजना शुरु भएको छ ।

शान्तिनगर गाउँपालिकाका वडा नं ३, ४ र दङ्गीशरण गाउँपालिका वडा नं ६ लाई खानेपानीको पहुँच पुग्ने गरी प्रदेश सरकारबाट यसै वर्षदेखि शुरु हुनेगरी बजेट विनियोजन गरिएको छ । रु ४  करोड ९९ लाख लागतको ‘गैरीखेत चिसापानी खानेपानी योजना’ नाम दिएर शुरु गरिएको योजनाको प्रदेशसभा सदस्य विमला वलीले शिलान्यास गर्नुभएको छ ।

प्रदेशसभा सदस्य वलीका अनुसार चालू आर्थिक वर्षबाट निर्माणको काम हुने योजनाको ट्याङ्की निर्माणका लागि रु ७० लाख र पाइपलाइन विस्तार तथा व्यवस्थापनका लागि करीब रु एक करोड १७ लाख बराबर ठेक्का प्रक्रियामा अगाडि बढाइको छ । गैरीखेत चिसापानी खानेपानी समितिका अध्यक्ष गोमनबहादुर ओलीले खानेपानी योजना सम्पन्नपछि दुई गाउँपालिकाका करीब दुई दर्जन गाउँमा खानेपानी पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button