तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा चर्कियो प्रदर्शन, १३ जनाको मृत्यु

भारतमा नागरिकतासम्बन्धी कानुनको विरोधमा दुई सातायता जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ ।

प्रदर्शनमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार मात्रै ६ जनाको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रमुखले जानकारी दिनुभएको छ ।

प्रदर्शनकारीहरू प्रहरीको अवरोध नाघेर सडकमा आएर प्रदर्शन गरिरहेका छन् । प्रहरी प्रशासनले प्रदर्शनलाई दमन गरेर रोक्ने प्रयास गरिरहेका छन् । प्रदर्शन हिंसात्मकरुपमा चर्किएसँगै  राजधानी दिल्ली लगायत केही स्थानमा इन्टरनेट सेवा अवरुद्ध गरिएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button