तपाईँ सुन्दै हुनुहुन्छः

सुशासनबिना मुलुक समृद्ध हुँदैन : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ  । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । उहाँले असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने बताउनुभयो । लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा उहाँले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताउनुभयो ।

“स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन”, उहाँले भन्नुभयो, “सत्कर्मले नै व्यक्तिलाई अब्बल बनाउने हो ।” उहाँले लोभ, इष्र्या, घमण्डले व्यक्तिलाई असल बन्नबाट रोक्ने हुँदा यी सबै पक्षबाट टाढा रहनुपर्ने औँल्याउनुभयो । रेग्मीले देशमा विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने बताउनुभयो ।

लर्डबुद्धका अध्यक्ष हरि अधिकारीले क्लबले दूरदराजसम्म पुगेर दुःखी गरीबको घाउको मलमपट्टि लगाउने काम गरिरहेको बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक गभर्नर इन्दु लम्साल, लायन्स क्लब इन्टरनेशनलका लिडर राजन लम्साल, मनबहादुर रोका, लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीलगायतले मन्तव्य राख्दै समाज सेवाका लागि क्रियाशील संस्थालाई सबै पक्षले सहयोग गर्नुपर्ने औँल्याउनु भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button