तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा जिल्लाको नगराईनमा विषेश सरसफाई अभियान

जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिकाले विशेष सरसफाई अभियान अगाडी बढाएको छ । हामी सवैको जिम्मेवारी सरसफाई अभियान स्वच्छ सफा र हरियो नगर नगराईन मूल नारा सहित अहिले विभिन्न वडाहरुमा रहेको विद्यालयहरुवाट अभियानको शुरुआत गरिएको छ ।

अहिलेसम्म नगरपालिकाले नगर क्षेत्रमा रहेको ४ वटा सामुदायिक विद्यालयहरुवाट यस अभियानको शुरुआत गरिसकेको नगरपालिकाका प्रमुख परमेश्वर यादवले जानकारी दिनु भयो ।

नगराईन नगरपालिकाको वडा नंं ८ अकौरामा रहेको अखिलेश्वरनाथ आधारभूत प्राथमिक विद्यालयमा आज यस अभियान अन्तर्गत विभिन्न सरकारी निकाय, विद्यालयहरुलाई विभिन्न प्रकारको सफाई सामाग्रीहरु प्रदान गर्नुका साथै सफाई गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले ती विद्यालय तथा सो क्षेत्रमा रहेका सुरक्षा निकायहरुलाई सफाईका लागि विभिन्न प्रकारको सामाग्रीहरु हस्तान्तरण गर्नु भएको छ ।

खास गरेर सरसफाईको अभावमा हुने गरेको रोगहरुको विषयमा उपस्थित भएका विद्यार्थी, अभिभावक तथा स्थानीयबासीलाई जानकारी दिने कामकाज सो अवसरमा भएको थियो ।

सोे विद्यालयका प्रधानाध्यापक बासुदेव साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख यादवले सरसफाई तथा हराभरा नगर बनाउनका लागि सवै नगरबासीलाई सचेत हुनका लागि आग्रह गर्दै नगराईनलाई पूर्ण सफा सुन्दर नगरबनाई छाड्ने पनि बताउनु भयो ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, जनकपुरधाममा विशेष सफाई अभियान सञ्चालन गर्ने अभियन्ताहरु तथा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button