तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, पाँच घाइते
दाङ । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाँउपालिका वडा नम्मर ४ की २९ बर्षिय गीता बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अन्य घाइते पाँच जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा भईरहेको छ ।
रा १ ज ८२२ नम्मरको जीप राप्ती राजमार्गको पैयुखोरमा दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न नसकेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्