तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगको विश्वसनीयता कायम राख्न कानुनी व्यवस्था गरिने

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरु लोकसेवा आयोगको विस्वसनीयता र स्वयत्ततालाई कायमै राख्ने गरी कानुनी व्यवस्था गर्न एकमत देखिनुभएको छ ।

लोक सेवा आयोग सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आज भएको दफाबार छलफलमा सांसदहरुले आयोगको कामलाई विस्वसनीय र प्रभावकारी बनाउन प्रशासनिक र केही आर्थिक स्वायत्तता दिनुपर्ने बताउनुभयो ।

समिति बैठकमा विधेयकमा रहेको सजाय र कसुर सम्बन्धि व्यवस्था, आयोगका लागि विनियोजित बजेट अन्तर्गत विविध खर्च शीर्षक लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले परीक्षालगायतका विविध खर्चमा आयोगले अहिलेसम्मका पाएको आर्थिक स्वयत्ततामा संकुचन गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button