तपाईँ सुन्दै हुनुहुन्छः

एनआईसी एसिया बैंकद्वारा फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सहकार्य

सप्तरी । एनआईसी एसिया बैंकको राजविराज शाखाले फोहोर ब्यवस्थापनका लागि स्थानीयवासीसँग सहकार्य सुरु गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्न फोहोर ब्यवस्थापनमा सहभागिता सुरु गरिएको हो ।

बैंकले वडा नं. ८ स्थित बैंकको शाखा कार्यालयमा आसपासका एक सय वटा पसललाई लक्षित गरी शुक्रबारबाट डस्टविन वितरण गर्ने कार्यको थालनी गरेको छ ।

पहिलो चरणमा ५० र दोश्रो चरणमा ५० थान गरी एक सय थान डस्टविन वितरण गरिने वैंकका म्यानेजर मुकेश कुमार साहले बताउनुभयो ।

पसलबाट निस्कने फाहोरलाई व्यवस्थापन गर्नका लागि डस्टविन वितरण सुरु गरिएको बैंकले जनाएको छ । स्थानीयवासी तथा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधान, एनआईसी एसिया बैंक प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्रकुमार साहलगायतको उपस्थितीमा स्थानीय व्यवसायीलाई डस्टविन हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button