तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ए डिभिजन लिग : आजदेखि दोस्रो चरणका खेल हुँदै

 

काठमाडाैँ  । सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछ । एक दिनको विश्रामपछि दोस्रो चरणका खेल हुन लागेका हुन् ।

शुक्रबार पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अर्काे खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने तय छ ।

पहिलो खेल च्यासल र मछिन्द्रबीच मध्यान्न १२ बजे सुरु हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

दोस्रो खेलमा ब्रिगेड र फ्रेन्डस दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्नेछन् । लिगको पहिलो चरणमा खेलमा च्यासल र मच्छिन्द्र दुवैले जीत हासिल गरेका थिए ।

ब्रिगेड ब्वाइज र फ्रेन्ड्स आफ्नो पहिलो खेलमा पराजित भएकाले दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button